बलात्कार अभियोग लागेका वडाध्यक्ष जेल चलान



सुर्खेत : बलात्कार गरेको आरोपमा पक्राउ परेका वडाध्यक्ष जेल चलान भएका छन् ।

कालिकोटको खाँडाचक्र नगरपालिका–६ का वडा अध्यक्ष जगदिश शाही पूर्पक्षका लागि जेल चलान भएका हुन् ।

बैनी नाता पर्ने १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका ५१ वर्षीय शाहीलाई जिल्ला अदालत कालिकोटले थुनामा राख्ने आदेश दिएकाे हाे ।

जबर्जस्ती करणी मुद्दामा प्रमाण बुझ्न समय लाग्ने भएकाले जिल्ला अदालतबाट पूर्ण फैसला नभएसम्म पूर्पक्षका लागि कारागार चलान गर्ने आदेश भएकाे कालिकोट जिल्ला अदालतका श्रेस्तेदार दामोदर घिमिरेले बताए ।

प्रतिक्रिया दिनुहोस्