भारतमा एकै दिन ९ सय ३७ कोरोना संक्रमितको मृत्यु



काठमाडौंः भारतमा कोरोना संक्रमणका कारण शुक्रबार मात्रै ९३७ जनाको मृत्यु भएको छ ।

सबैभन्दा धेरै महाराष्ट्रमा ३ सय, तमिलनाडुमा १ सय १९, कर्नाटकमा १ सय १, आन्ध्र प्रदेशमा ८९, उत्तरप्रदेशमा ६३, पश्चिम बंगालमा ५२ र दिल्लीमा २३ जनाको मृत्यु भएको हो। जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार भारतमा हालसम्म ४१ हजार ५ सय ८५ जनाको मृत्यु भैसकेको छ ।

शुक्रबार २४ घण्टामा ६१ हजार ४ सय ५५ जना संक्रमित थपिएका छन् । लगातार दोस्रो दिन ६१ हजार भन्दा बढी संक्रमित थपिएका हुन् । भारतमा संक्रमितको कूल संख्या २० लाख २७ हजार ७४ पुगेको छ ।

भारतमा शुक्रबार ६ लाख ६४ हजार ९ सय ४९ जनाको कोरोना परीक्षण भएको थियो । हालसम्म प्रति १० लाख जनसंख्यामा १६ हजार ५० जनाको परीक्षण भएको जनाइएको छ । एजेन्सी

प्रकाशितः साउन २४, २०७७

प्रतिक्रिया दिनुहोस्