अभिषेक बच्चनको कोरोना रिपोर्ट निगेटिभ



काठमाडौंः बलिवुड अभिनेता अभिषेक बच्चन कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

आज (शनिबार) गरिएको पिसिआर परिक्षणमा अभिषेकको रिपोर्ट निगेटिभ आएको आफैले जानकारी दिएका छन् । उनले भनेका छन्,‘मैले बाचा गरेको थिए, यसलाई हराउछु भनेर’ उनले कोरोना रिपोर्ट निगेटिभ आएपछि आफ्ना समर्थक, अस्पतालका डाक्टर र नर्सहरुलाई धन्यवाद दिएका छन् ।

कोरोना संक्रमण भएपछि गत असार २७ गते आफ्ना पिता अमिताभ बच्चनसँगै मुम्बईस्थित ननावती अस्पतालमा भर्ना भएका थिए । उनीसँगै संक्रमित भएका उनकी श्रीमती ऐश्वर्या राय र उनकी छोरी आराध्याले पनि कोरोना जितिसकेका छन् ।

ऐश्वर्या र आराध्या श्रावण १२ गते अस्पतालबाट डिस्चार्ज भएका थिए भने अमिताभ बच्चन श्रावण १८ गते अस्पतालबाट डिस्चार्ज भएका थिए । योसँगै बच्चन परिवारले कोरोना जितेको छ । संक्रमित ४ जनाको रिपोर्ट निगेटिभ आएको छ ।

प्रकाशितः साउन २४, २०७७

प्रतिक्रिया दिनुहोस्