काठमाडाैंका यी १० स्थानमा ट्राफिक लाइट राखिँदै



काठमाडौं : काठमाडौंको १० स्थानमा ट्राफिक लाइट जडान गर्ने कामले तीव्रता पाएको छ।

सडक विभागले १० स्थानमा ट्राफिक लाइट जडानको काम अगाडि बढाएको हो। आजको नेपाल समाचारपत्र दैनिक लेख्छ–सडक विभागले बागबजार, पद्यमदोय मोड, सिंहदरवार, तीनकुने (तीन ठाउँ), कालिमाटी (दुई ठाउँ), पुरानोवानेश्वर, गौशला, मित्रपार्कमा ट्राफिक लाइट जडानको काम अगाडि बढाएको हो ।

९७ लाख लगानीमा दस स्थानमा ट्राफिक लाइट जडानको काम अगाडि बढेको सडक विभागले बताएको छ । जडान गर्ने जिम्मेवारी पाएको प्रजिल कन्टक्सनले वैशाख पहिलो साता लाइट जडानको काम सम्पन्न गरिससक्ने कम्पनीकाबाट जिम्मेवारी लिएका रामचन्द्र खड्काले बताए । 

सडक विभागले यस अघि नयाँ वानेश्वरमा ट्राफिक लाइट जडान गरेको थियो । नयाँ वानेश्वर, महानरगन्ज, पुलचोक, टिचिङ अस्पताल अगाडि, शकंदरदेव क्याम्पस अगाडी पनि ट्राफिक लाइट सञ्चालनमा आइसकेको छ । 

प्रतिक्रिया दिनुहोस्