धनुषाको एक सुनचाँदी पसलबाट ५ लाख बराबरको गहना चोरी



जनकपुरधामः धनुषाको एक सुनचाँदी पसलबाट लाखौंको सुनचाँदीका गरगहनाहरु चोरी भएको छ ।

जिल्लाको सबैला नगरपालिका वडा नम्बर-९ स्थित भठिहन बजारमा श्रीनारायण साहले सञ्चालन गरेको श्री ज्वेलर्सबाट करिव ५ लाखको सुनचाँदीका गरगहनाहरु चोरी भएको हो ।

शुक्रबार राती आफ्नो पसलको पछाडिको भित्ता तोडेर गरगहना चोरी भएको पसल सञ्चालक साहले जानकारी दिए । उनले भने,‘चोरले सटरको ताला तोड्न नसक्दा पछाडिपट्टीबाट भित्रको देबाल तोडि प्रवेश गरेको देखिएको छ ।’ साहका अनुसार उनको पसलबाट करिब ५ लाख बराबरको सुनका टिका, नथिया, मंगलसुत्रलगायतका गरगहनाहरु चोरी भएको छ ।

यता, घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको र प्रहरीले चोरको खोजी व्यापक रुपमा गरिरहेको धनुषा प्रहरीले जनाएको छ ।

प्रकाशितः साउन २४, २०७७

प्रतिक्रिया दिनुहोस्