थप ३७८ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमितको संख्या २२ हजार ५ सय ९२ पुग्यो



काठमाडौं: पछिल्लो २४ घण्टामा ३ सय ७८ जनामा संक्रमण पुष्टि भएको छ । हालसम्म कुल संक्रमितको संख्या २२ हजार ५ सय ९२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ४९९ जना कोरोना संक्रमणमुक्त भएका छन् । देशका विभिन्न अस्पतालबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका हुन् ।

योसहित नेपालमा हालसम्म १६ हजार ३१३ उपचारपछि निको भएका छन् । हाल ६ हजार २ सय ६ जना संक्रमितको नेपालमा उपचार भइरहेको छ । हाल १० हजार ७ सय ९२ जना क्वारेन्टाइनमा छन् । शनिबार ७ हजार ८ सय ८८ जनाको पिसिआर परीक्षण भएको छ ।

नेपालमा शुक्रबारसम्म ७० जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको थियो ।

प्रकाशितः साउन २४, २०७७

प्रतिक्रिया दिनुहोस्