एक जना मेयरसहित पर्साका ५५ जनामा कोरोना पुष्टि



वीरगञ्जः पर्सामा एक जना मेयरसहित थप ५५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

नारायणी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदन उपाध्यायले जानकारी दिएका छन् ।

शुक्रबार राति गरिएको परीक्षणमा सबै भन्दा बढी पर्साका ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यस्तै बारा जिल्लाका दुई र सर्लाही जिल्लाका एक जनामा पनि कोरोना संक्रमण देखिएको छ ।

पर्साको बहुदरमाई नगरपालिकाका मेयर नितेन्द्र साहमा पनि शुक्रबार राति गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको छ । बहुदरमाई नगरपालिकाका ९ जना स्वास्थ्यकर्मीसहित त्यहाँका २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै वीरगञ्ज १० का ६ जना, ११ का ४, वडा नम्बर १६ का ४ तथा वडा नम्बर १२ का २ जनामा पनि कोरोना संक्रमण देखिएको छ । यस्तै पर्साको बिन्दबासिनी गाउँपालिकाका एक, छिपहरमाई गाउँपालिकाका दुई जना, सेनाका एक जनामा समेत कोरोना संक्रमण देखिएको छ । संक्रमण देखिनेमा दुगड ग्रुपका २ जना कर्मचारीसमेत रहेका छन् ।

प्रकाशितः साउन २४, २०७७

प्रतिक्रिया दिनुहोस्