मेडिकलजन्य फोहोर पनि बिच सडकमै ?



जनकपुरधाम: एकचोटी तलको तस्बिर हेर्नुस त १ आश्चर्य लाग्यो होला तपाईंलाई । तर, जनकपुरको बिच सडकमै यसरी नै फालिन्छ क्लिनिकहरुको मेडिकल जन्य फोहोर र रगत लागेका सिरिन्जहरु १ रात्रीकालिन समयमा यदि कुनै पैदलयात्रीको खुट्टामा यी सिरिन्ज घोंचियो भने परिणाम के हुनसक्छ एकपटक सोच्नुस त ?

यसरी नै जनकपुरको सडकमा क्लिनिकहरुबाट निस्किएको मेडिकलजन्य फोहोर र रगत लागेका सिरिन्जहरु जथाभावी रुपमा फालिएको देखिएको छ । यहाँका निजी क्लिनिक र अस्पतालहरुले प्रयोगमा ल्याईसकिएका मेडिकल जन्य फोहोर जथाभावी रुपमा बिच सडकमै फाल्दै आएका छन् ।
प्रादेशिक अस्पताल क्षेत्रमा मेडिकल तथा क्लिनिक सञ्चालकहरुले सडकमै जथाभावी फोहोर फाल्दा शहरको सौन्दर्य विग्रनुका साथै त्यसले विभिन्न रोगहरुसमेत फैलिन सक्ने खतरा बढेको स्थानीय श्याम चौधरीले बताए ।

उनले भने,‘प्रादेशिक अस्पतालको एरियामा सञ्चालनमा रहेका बिभिन्न डाइग्नोस्टिक सेन्टर तथा क्लिनिकहरुले यसरी नै जथाभावी बिच सडकमा मेडिकल जन्य फोहोर फाल्दै आएका छन् । तरपनि स्थानीय निकायले तिनिहरुलाई केही भन्दैन् । यहाँका जनप्रतिनिधिहरु नामका लागि मात्रै छन्,उनले भने,‘सबै भ्रष्ट र पैसा खाने मात्रै हुन् ।’ महिनौं दिनदेखि फोहोर नउठ्दा नगरक्षेत्र समेत दुर्गन्धित बनेको श्यामको भनाई छ । प्रदेशको राजधानी समेत रहेको यो धार्मिक नगरी दुर्गन्धित हुँदा पनि यहाँका स्थानीय सरकारले फोहोर व्यवस्थापनमा ध्यान नदिएको उनले गुनासो गरे ।

विगत करिव एक महिना भन्दा बढि समयदेखि नगरभित्रको फोहोर नउठ्दा प्रत्येक चोकहरुमा फोहोरको थुप्रो जम्मा भएको छ ।

प्रकाशितः साउन २४, २०७७

प्रतिक्रिया दिनुहोस्