‘क्याप्टेन’ हेरेपछि प्रधानमन्त्रीले भने, ‘म अनमोल चिन्दिनँ, इशान खड्का इज बेष्ट ’



काठमाडाैंः चलचित्र ‘क्याप्टेन’ प्रधानमन्त्री केपी शर्मा ओलीले हेरेका छन् । फागू पूर्णिमाको अवसरमा चलचित्र हेर्न काठमाडाैंको बीग मुभिजमा पुगेका ओलीले पुरा चलचित्र हेरे । ओलीसँगै चलचित्रका निर्देशक दिवाकर भट्टराई, निर्माता भूवन केसी, नायक अनमोल केसी, नायिकाद्धय उपासना सिंह ठकुरी र प्रियंका एमभीले पनि चलचित्र हेरेका थिए ।

चलचित्र हेरिसकेपछि छोटो प्रतिक्रिया दिदै प्रधानमन्त्रीले ओलीले भने–‘मलाई चलचित्र राम्रो लाग्यो । इशान खड्का उत्कृष्ट खेलाडी हुन् ।’ पत्रकारको अनमोल केसी कस्तो लाग्यो भन्ने प्रश्नमा रमाइलो जवाफ दिदै भने–‘म अनमोल केसी चिन्दिन । इशान खड्का इज बेष्ट ।’

राष्ट्रिय चलचित्र नीति किन पारित हुन सकेन भन्ने पत्रकारको प्रश्नमा आफूसँग अहिले यो बिषयमा कुरा गर्ने समय नभएको भन्दै प्रधानमन्त्री पन्छिएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले चलचित्र हेर्नका लागि समय छुट्याएपछि नायक अनमोल केसी पनि खुशी देखिए । उनले भने–‘प्रधानमन्त्री जस्तो व्यक्ति म जस्तो भर्खरै यो क्षेत्रमा आउँदै गरेको कलाकारको चलचित्र हेर्न आइदिनुभयो, म एकदमै भाग्यमानी संझन्छु ।’

अनमोलले दर्शकहरुले चलचित्रलाई माया दिएको भन्दै प्रधानमन्त्रीले पनि चलचित्रलाई माया गरिदिनुभएको भन्दै खुशी व्यक्त गरे । उनले, प्रधानमन्त्री ओली चलचित्र हेर्न आउने भनेपछि आफू डराएको पनि प्रतिक्रिया दिएका थिए ।

फुटबल, प्रेम र पारिवारिक कथामा निर्माण भएको यो चलचित्रले तेश्रो सातामा आइसक्दा लगानी सुरक्षित गरिसकेको निर्माण पक्षले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्