उपचारमा गैरजिम्मेवार देखाएका अस्पताल विरुद्ध कारवाही नगरे सडक आन्दोलनमा उत्रिने युवाहरुको चेतावनी



पर्साः कोभिड नियन्त्रण तथा सर्वसाधारणको उपचारमा स्थानिय प्रशासन जिम्मेवार नबनेको भन्दै पर्साका विभिन्न राजनितिक दलका युवा नेताहरु सडक प्रर्दशन गर्ने भएका छन् ।

संक्रमणको संख्या दिन प्रतिदिन बढ्दै गएपछि र दुईदिन यता उपचारकै अभावमा तीन जनाले अकालमै ज्यान गुमाएपछि आक्रोशित बनेका युवाहरु शनिबार भेला हुँदै स्थानिय प्रशासन तातिएका हुन् ।

नेकपा, नेका, जसपा लगायतका पार्टीका भातृसंगठका युवाहरुको भएको भेलाले वीरगन्जमा कोभिड संक्रमण नियन्त्रणमा स्थानिय प्रशासनको भूमिका शुन्य रहेको ठहर गरेका छ । बैठकले कोभिडका कारण मृत्यु भईरहेका र कोभिड समुदायमा फैलिनुको जिम्मेवार प्रमुख जिल्ला अधिकारी नै रहेको ठहर गर्दै ८ बुन्दे माँग अगाडी सार्दै आन्दोलनको घोषणा गरेका हुन् ।

युवाहरुले विरामीलाई अस्पताल पुग्दा उपचार सेवाबाट बन्चित गर्न नहुने, कुनै अस्पतालले उपचार गर्न नमाने तत्काल कारवाही गर्नुपर्ने, पीसीआर परीक्षणको दायरा बढाउनु पर्ने, संक्रमितको उपचार र आईसोलेशनको व्यवस्था मिलाउँने पर्ने, नारायणी अस्पतालमा पीसीआर परीक्षणका नाममा लिने गरेको शुल्क हटाउँनु पर्ने माँग गरेका छन्।

त्यसैगरी नारायणी अस्पतालका तत्काल जेनरल सेवा सुरु गर्नुपर्ने, उपचार नपाएर ज्यान गुमाएका बारे छानविन गरी उपचार नगर्ने अस्पताललाई कारवाही गर्नुपर्ने, सीमा क्षेत्रमा भईरहेको आवतजावत रोक्नु पर्ने र संक्रमण नियन्त्रणमा नआउन्जेस आईसीपीलाई केहि समयका लागि बन्द गर्नुपर्ने लगायत माँग गर्दै आन्दोलनको घोषणा गरेका हुन् ।

आईतबार १० बजे सम्ममा युवाहरुले अघि सारेको माँग सम्बन्धी कुने पनि कदम नचालिए सडक संघर्षमा उत्रिन बाध्य हुने चेतावनी समेत दिएका छन । र आन्दोलनबाट हुने अपस्थितीको जिम्मा पनि स्थानिय प्रशासन नै लिने जसपाका युवा नेता ओमप्रकाश सर्राफले बताए ।

स्थानिय प्रशासनकै गैरजिम्मेवारीका कारण उपचार नपाएर विरामी मरीरहेका छन, समाजिक अभियान्ता समेत रहेका सर्राफले भने, ‘ उपचार नगर्ने अस्पतालाई अहिलेसम्म कारवाही गर्न प्रमुख जिल्ला अधिकारीले कुनै ध्यान नजानु दुखद हो । ’उपचार नपाएर ज्यान गुमाएका व्यक्तिको मुत्यु भएको होईन, उनीहरुको जानी जानी हत्या गरिएको छ र हत्या गर्ने यी निजि अस्पताललाई राज्यले हदैसम्म कानुनी कारवाही गर्नुपर्ने माँग समेत उनले गरे ।

भेलामा राष्ट्रिय युवासंघ नेपाल पर्साका संयोजक मोहम्मद निजामुद्धिन, जनता समाजवादी पार्टीका युवा नेता ओमप्रकाश सर्राफ, इश्वर यादव, अनेरास्ववियूका केन्द्रीय सदस्य जुबेर आलम, समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सचिव सुजित गिरी, नेविसंघ पर्साका कार्यवाहक अध्यक्ष विकेश पटेल, समाजवादी विद्यार्थी युनियन पर्साका अध्यक्ष एजाज बाबु राकी लगायतको सहभागिता रहेको थियो ।

प्रकाशितः साउन २४, २०७७

प्रतिक्रिया दिनुहोस्