‘आफैं सुरक्षित नभए सरकार चाहेर पनि कोरोना नियन्त्रण गर्न सक्दैन’-मेयर शाक्य


काठमाडौंः काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आफैं सचेत नहुने हो भने सरकारले चाहेरे पनि कोरोना नियन्त्रण गर्न नसक्ने बताएका छन् ।

काठमाडौंको श्रीघः स्थित धर्मकीर्ति विहारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संक्रमण बढिरहेको अवस्थामा जनताले पनि होसियारी अपनाउनुपर्ने बताएका हुन् ।

उनले भने,‘मास्क लगाउनु, आफू सुरक्षित हुनलाई मात्र होइन, अरुलाई सुरक्षित गर्नलाई पनि हो यो अवस्थामा हामी यसरी नै सुरक्षित हुनु पर्छ, हामी आफैं सुरक्षित नहुने हो भने सरकारले चाहेर पनि कोरोना संक्रमणलाई नियन्त्रण गर्न सक्दैन ।’

हिजो कोरोना संक्रमण फैलिएको बेला काठमाडौं महानगरपालिकाले जो जहाँ बसेको छ त्यो त्यहीँ सुरक्षित बस्नुहोला भनेर आग्रह गर्दा आफूहरूलाई उपत्यका भित्र छिर्न दिएन भनी आलोचना गरेको भन्दै प्रमुख शाक्यले मान्छेहरू जथाभावी उपत्यका छिरेकै कारण अहिलेको समस्या आएको बताए ।

‘त्यतिबेला भित्र आउन दिएन भनी हाम्रो आलोचना भयो। भित्र आएपछि कोरोना झन् फैलियो’, मेयर शाक्यले भने,’ ‘सरकारले जे गर्दा पनि सडकमा जुलुस आइहाल्छ । तर जुलुस निकाल्दैमा कोरोना भाग्ने त होइन । ढोका ढोकामा पुग्न सक्छ । जुलुस निस्क्यो भने जुलुस सँगसँगै कोरोना पनि निस्कन सक्छ भनेर हामी सचेत हुनुपर्छ ।’

पिसिआर परीक्षण नै रोगको उपचार नभएको भन्दै मेयर शाक्यले पिसिआर तत्कालको अवस्था मात्रै भएको बताएका छन् ।

प्रकाशितः साउन २४, २०७७

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

बझाङ : बझाङको मस्टा गाउँपालिकाकी सम्झनाको बलात्कारपछि हत्या भएको आशंका प्रहरीले गरेको छ । बाजे

काठमाडौंः कोरोना संक्रमणको कारण रोकिएको लोकसेवा आयोगको परीक्षा दशैं लगत्तै शुरु हुने भएको छ ।

कैलाली– विश्व रामसार सूचीमा सूचिकृत कैलालीको घोडाघोडी ताल क्षेत्रमा पछिल्लो समय पर्यटन प्रवद्र्धन हुन थालेको

काठमाडौं : धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको

काठमाडौंः गृहमन्त्री रामबहादुर थापा ‘बादल’ छाङ्गरुमा सशस्त्र प्रहरीको गुल्म शिलान्यास गर्न दार्चुला गएका छन् ।

स्याङ्जा । पहिरोमा पुरिएर ज्यान गुमाएका नौ जनाको रामनदी धाम (राम्दी) मा बिहीबार साँझ सामूहिक

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा किंग्स इलेभेन पञ्जाबका सामू रोयल च्यालेन्जर बंगलोर

काठमाडौं : देशभर केही दिनयता परिरहेको झरी भोलि शनिबारदेखि कमजोर हुने देखिएको छ। बंगालको खाडीबाट

काठमाडौं : वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमका नाममा व्यापक अनियमितता, भ्रष्टाचार र किर्ते गर्ने काम भएको

काठमाडौं– सांसदहरुले कोरोना भाइरसको विषयमा तथ्यगत जानकारी भन्दा भ्रमहरु बढी फैलिएकाले जनतामा आतंक सिर्जना भएको

काठमाडौं : सार्वजनिक पदमा बहाल रहेका व्यक्तिले सम्पत्ति विवरण सार्वजनिक नगर्ने क्रम बढेपछि अख्तियारले कडा

धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण बन्द भएको छ । संघीय सरकार