बाबुराम भट्टराई पार्टी बरियताको चौथो नम्बरमा



काठमाडौंः पुर्वप्रधानमन्त्री तथा तत्कालिन नयाँशक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराई नयाँ बनेको जनता समाजवादी पार्टीको चौथो बरियतामै परेका छन् ।

केही दिनदेखि काठमाडौमा जारी केन्द्रीय समितिको बैठकमा उनको बरियताको विषयमा कुरा उठेपनि निर्णय हुन भने सकिरहेको छैन । गत बुधबारदेखि सुरु भएको ५३ सदस्यीयमध्ये ५१ जनाको कार्यकारी समिति बैठकमा कार्य विभाजनलाई लिएर नेताहरुबीच विवाद भएको हो ।जसपामा अहिले अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव छन् भने वरिष्ठ नेतामा राजेन्द्र महतो, बाबुराम भट्टराई र अशोक राईलाई मात्रै राखिएको छ । अरु उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र सहकोषाध्यक्षलगायत पदाधिकारीको चयन हुन बाँकी छ ।

पार्टीका नेता मनिष सुमनले बैठकमा बरियताका विषयमा कुनै विवाद नरहेको दाबी गरेका छन् । एक अन्र्तवार्तामा उनले पुर्वप्रधानमन्त्री भट्टराई आफ्नो पार्टीको शिर्ष नेता भएकाले बरियताको विषयमा समस्याको रुपमा नरहेको जिकिर गरेका छन । उनले पार्टीमा महन्थ ठाकुर, उपेन्द्र यादव, अशोक राई पछि डा बाबुराम भट्टराईको बरियता तय गरिएको बताएका छन् ।

यसअघि पार्टी दर्ता गर्नेक्रममै उहाँलाई चौथो बरियतामा राखेर दर्ता गरिएको थियो । “पार्टीको बैठकमा धेरै विषयमा छलफल भएका छन्, तर विवाद नै भएको भने होईन, नेताहरुले हामीलार्य प्रशिक्षीत गर्नुभएको छ, उनले भने ।

प्रकाशितः साउन २४, २०७७

प्रतिक्रिया दिनुहोस्