अस्पताल चार्हादाचार्हादै मृत्यु भएकी किशोरीमा कोरोना पुष्टि



काठमाडौं : वीरगञ्जमा ७ अस्पताल चार्हादाचार्हादै मृत्यु भएकी २० वर्षीया युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पीसीआर ल्याबमा गरिएको परीक्षणबाट उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।

मृतक वीरगञ्ज–२ छपकैया बस्ने २० वर्षीया युवतीको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ड डाक्टर मदन उपाध्यायले जानकारी दिए ।

योसँगै साउन महिनामा मात्रै पर्सामा कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या १७ पुगेको छ । यसैगरी बाराका २ जना र रौतहटका १ जनाको पनि कोरोना संक्रमणबाट वीरगञ्जमै मृत्यु भएको थियो ।

नेशनल अस्पतालको दादागिरी : उपचार नपाएर बिरामीले गेटमै त्याग्छन् प्राण, स्थानीय प्रशासन बन्यो रमिते

प्रकाशित : साउन २५, २०७७

प्रतिक्रिया दिनुहोस्