‘जी सिने अवार्ड’मा रणवीर कपुर र दीपिका पादुकाेण उत्कृष्ट



एजेन्सी : भारतको मुम्बईमा आयोजना भएको ‘जी सिने अवार्ड’मा 'सञ्जु'बाट रणवीर कपुर उत्कृष्ट नायक र 'पद्मावत'बाट दीपिका पादुकोण उत्कृष्ट नायिका घोषित भएका छन् ।

उत्कृष्ट निर्देशकमा संजयलीला भन्साली (पद्मावत), उत्कृष्ट नायक (दर्शक रोजाई)मा रणवीर सिंह (पद्मावत) र उत्कृष्ट करियोग्राफीमा ‘पद्मावत’को ‘घुमर…..’ गीतले अवार्ड हात पारेको छ । उत्कृष्ट सह–नायकमा विक्की कौशल (सञ्जु), उत्कृष्ट भिएफएक्समा ‘जिरो’ ले अवार्ड हात पारेको छ भने उत्कृष्ट सह नायिकामा ‘जिरो’बाटै कट्रिना कैफले अवार्ड पाएकी छिन् । 

त्यस्तै उत्कृष्ट अभिनयको लागि आयुश्मान खुराना, उत्कृष्ट डेब्युमा फिल्म ‘धडक’बाट नायक इशान खट्टर र नायिका जान्वी कपुर, उत्कृष्ट खलपात्रमा फिल्म ‘अन्धाधुन’ बाट तब्बु, उत्कृष्ट हाँस्यकलाकारमा ‘सोनु के टिटु कि स्विटी’ बाट कार्तिक आर्यनले अवार्ड पाएका छन् ।

उत्कृष्ट गायकमा ‘गोल्ड’ फिल्मको गीत ‘नैनो ने बाँधी…’ बाट यास्सेर देसाइ, उत्कृष्ट गायिकामा ‘राजी’ फिल्मको गीत ‘दिलबरो……’ बाट विभा सरफ र हर्षदीप कौरले अवार्ड पाएका छन् । ‘स्त्री’ फिल्मबाट उत्कृष्ट डेब्यु निर्देशकमा अमिर कौशिकले अवार्ड पाएका छन् ।

त्यस्तै, बलिउड फिल्ममा लामो समय देखि योगदान दिएकी नायिका हेमा मालिनीलाई लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको छ । समाज परिवर्तनमा सहयोग गरेको भन्दै नायिका सोनम कपुरलाई पनि अवार्ड दिइएको छ ।   

प्रतिक्रिया दिनुहोस्