जुवाखालबाट साढे चार लाख नगदसहित १५ जना पक्राउ



 नवलपरासी : पूर्वी नवलपरासीको इलाका प्रहरी कार्यालय गैंडाकोटले जुवाखालबाट साढे चार लाख नगदसहित १५ जनालाई पक्राउ गरेको छ ।

 

गैंडाकोट नगरपालिका १ ब्रिटिस क्याम्प नजिकै रहेको खरको टहराभित्र लुकेर कौडा खेलिरहेकाहरुलाई सोमबार बिहान पक्राउ गरिएको इलाका प्रहरी कार्यालय, गैंडाकोटका प्रहरी निरीक्षक लोकबहादुर जीसीले जानकारी दिए ।

पक्राउ पर्नेमा गैंडाकोट-१ का रमेश श्रेष्ठ, चितवनको भरतपुर महानगरपालिका ५ का विमल श्रेष्ठ, भरतपुर २ का खुमप्रसाद श्रेष्ठ, भरतपुर ३ का अनिल शाह, भरतपुर ४ का श्याम लामा, भरतपुर २ का प्रदीप लामा, भरतपुर ११ का निर्मल श्रेष्ठ, भरतपुर १९ का कृष्णहरि शर्मा, चितवनको रत्ननगर नगरपालिका १४ का विशाल बस्नेत, सोही ठाउँका कुमार गुरुङ, बाबुराम अर्याल र लमजुङ बेंसीशहर २ का विपिन गुरुङ रहेका छन् ।

पक्राउ परेकालाई इलाका प्रहरी कार्यालय गैंडाकोटमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्