मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु



विराटनगर : मोरङको सुन्दरहरैंचा नगरपालिका–१० मा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सुन्दरहरैंचा–७ का २४ वर्षीय रामकुमार चौधरी रहेको प्रहरीले जनाएको छ । 

 

खोर्साने–केराबारी सडक खण्डमा बिहीबार साँझ उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को३०प २६६३ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हो । 

दुर्घटनामा चौधरीसहित मोटरसाइकलको पछाडि सवार सुन्दरहरैंचा–७ का २२ वर्षीय सुमन विक घाइते भएका थिए । घाइते दुवै जनालाई उपचारका लागि नोबेल शिक्षण अस्पताल विराटनगरमा ल्याइएको थियो । उपचारका क्रममा चालक चौधरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको हो ।

प्रतिक्रिया दिनुहोस्