भारतको एक कोभिड केयर सेन्टरमा आगलागी, ७ जनाको मृत्यु



आन्ध्र प्रदेश– कोरोना संक्रमित विरामीहरू राखिएको आन्ध्र प्रदेशको विजयवाडामा स्वर्ण प्यालेस होटलमा आगो लाग्दा ७ जनाको मृत्यु भएको छ ।

स्वर्ण प्यालेसका कोरोना संक्रमिहरूको उपचार भइरहेको थियो । आइतबार बिहान उक्त होटेलमा आगलागी भएको थियो ।

आन्ध्र प्रदेशका गृह राज्य राज्यमंत्री मेकाथोटी सुचारिताले आगोसर्ट सर्किटको कारण भएको हुन सक्ने बताएका छन् । आगलागी शुरु भएको ४५ मिनेटमा आगो नियन्त्रणमा आएको थियो ।

यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गरेर दुर्घटनामा शोक व्यक्त गरेका छन्।

उनले ट्वीटमा लेखेका छन्– ‘विजयवाडाको कोभिड केन्द्रमा आगो लागेको खबरले दुःखी छु । मेरो शोक मृतकका आफन्तहरुसँग छ। घाइतेहरू चाँडै स्वस्थ होस् भनेर परमेश्वरलाई प्रार्थना गर्नुहोस्। मैले आंध्र प्रदेशका मुख्यमंत्रीसँग यस विषयमा कुरा गरेको छु।’

प्रतिक्रिया दिनुहोस्