सबै समुदायलाई समान अवसर, सुरक्षा, न्यायको प्रत्याभूति गर्ने राज्यको नीति – प्रधानमन्त्री



काठमाडौं– विश्व आदिवासी दिवसका दिन प्रधानमन्त्री केपी शर्मा ओलीले सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।

समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा सफल बनाउन सम्पूर्ण समुदायलाई समान अवसर, सुरक्षा, न्यायको प्रत्याभूति गर्ने नीति राज्यले लिएको उल्लेख गरेका छन् ।

उनले भनेका छन्– ‘नेपालको संविधान र प्रचलित कानुन अनुसार सम्पूर्ण आदिवासी जनजातिहरुको सामाजिक, आर्थिक, सांस्कृतिक, भाषिक, कला, साहित्य एवं सीप आदिको उत्थान र विकास गरी उनीहरुलाई राष्ट्रिय जीवनको विभिन्न पक्षमा पहुँच र प्रतिनिधित्वको सुनिश्चितासँगै आर्थिक समानता सहितको समतामूलक समाज निर्माण गर्न सरकार निष्ठापूर्वक सक्रिय रहेको छ ।’

साथै उनले कोभिड–१९ को संक्रमणबाट सुरक्षित हुने उपाय अबलम्बन गर्दै आ–आफ्नो स्थानमा रहेर विश्व आदिवासी दिवस मनाउन सबैलाई आह्वान पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्