भारतद्वारा नेपाली सेनालाई भेन्टिलेटर सहयोग



काठमाडौं– भारतले नेपाललाई भेन्टिलेटर सहयोग गरेको छ ।

आइतबार जंगी अड्डामा आयोजित एक कार्यक्रमका बीच भारतिय राजदुत विनय मोहन क्वात्राले प्रधानसेनापति पूर्णचन्द्र थापालाई दश थान भेन्टिलेटर हस्तान्तरण गरेका हुन् ।

कोभिड–१९ महामारी रोकथाम, प्रतिकार्य र नियन्त्रणको लागि नेपाल सरकारद्वारा जारी ‘कोभिड–१९ प्रतिकार्य राष्ट्रिय अभियान योजना २०७७’ को सफल कार्यान्वयनमा सहयोग पु¥याउने उद्देश्यले भारतद्धारा नेपाली सेनालाई २ करोड ८० लाख भारतीय रुपैयाँ वराबरको उक्त भेन्टिलेटरहरु उपलब्ध गराएको हो ।

प्रधानसेनापति थापाले भारतको सहयोग प्रति आभार प्रकट गर्दै धन्यवाद व्यक्त गर्दै आएका छन् ।

एडभान्स्ड इन्भेसिभ तथा नन् इन्भेसिभ रेस्पिरेटरी सर्पोटका लागि यी भेन्टिलेटरहरु व्यापक रुपमा प्रयोग गर्न मिल्ने गरी डिजाइन गरिएका छन् ।

यी भेन्टिलेटरहरु अस्पतालका आइसीयु, बहु–विशेषतायुक्त अस्पताल तथा विशेष आइसीयु कक्षमा बिरामीको हेरचाहका लागि प्रयोग गर्न सकिन्छ । यसको अलावा विशेष तरिकाले निर्माण गरिएकाले गम्भीर अवस्थाका र सघन उपचार आवश्यक पर्ने बिरामीहरुको ओसारपसारमा यी भेन्टिलेटरहरु सहज र उपयोगी छन् । मानवीय सहायता तथा राहतका लागि पहिलो सहयोगीको रुपमा लामो समयदेखि भारतीय सेनाले नेपाली सेनालाई सहयोग गर्दै आएको छ ।

दुई देशका सेनाबीच रहिआएको निरन्तर मानवीय सहयोग अन्तर्गत उक्त भेन्टिलेटरहरु उपहार स्वरुप प्रदान गरिएको हो ।

हस्तान्तरणका क्रममा राजदूत क्वात्राले कोभिड–१९ विरुद्घको लडाईमा विजय प्राप्तिका लागि नेपालका जनतालाई सबै आवश्यक सहयोग पु¥याउन भारत प्रतिबद्घ रहेको स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्