निजी अस्पताललाई कारवाहीको माग गर्दै स्थानीयद्वारा नारायणी अस्पतालमा प्रदर्शन



पर्सा– उपचार नपाएर ज्यान गुमाएकी वीरगन्ज २ छपकैयाकी २० बर्षिय विष्णु लामाका आफन्तले नारायणी अस्पतालमा प्रदर्शन गरेका छन् । मृतक लामाका परिवार र स्थानियले कोभिडको बहानामा उपचार गर्न छाडेका वीरगन्जका निजी अस्पतालका संचालकलाई कडा कारवाही गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन् ।

विष्णु लामाको समयमा उपचार नहुँदा शुक्रबार बिहान उनको मृत्यु भएको थियो । समान्य ज्वरो तथा स्वास फेर्ने समस्या भएपछि थप उपचारको लागि वीरगन्ज, एडभान्स, तराई हस्पीटल, भवानी र नेशनल मेडिकल कलेजले उपचार गर्न नमानेपछि अन्यमा कोभिड अस्पतालमा उपचारको लागि पु¥याईएको थियो तर अन्त्यमा उपचार नहुँदै उनको मृत्यु भयो ।

स्थानिय प्रशासनको गैरजिम्मेवारी पनका कारण निजी अस्पतालले आफनो मनोमानी गर्दै सर्वसाधारणको उपचार गर्न छाडेपछि जनता उपचारकै अभावमा ज्यान गुमाउनु परेको भन्दै आक्रोशित स्थानियले अस्पताल अगाडी प्रदर्शन गरेका हुन् ।

उनीहरूले दोषी अस्पतालका चिकित्सक, सञ्चालकलाई कडा कारवाही र यथास्थितीमा नारायणी अस्पताललाई कोभिड मुक्त अस्पताल बनाई सर्वसाधारणको सेवाको निम्ती जनरल सेवा संचालन गर्नुपर्ने, नियमित रुपमा एम्बुलेन्स संचालनमा ल्याउनु पर्ने, नल्याए चालकलाई कडा कारवाही गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन् ।

सयौंको सख्यामा रहेको स्थानियले प्रशासनले जारी गरेको निषेधाज्ञाको उलंघन गर्दै प्रर्दशनमा उत्रेपछि स्थिती नियन्त्रणमा लिन प्रहरीले लाठी चार्ज समेत गरेको छ । निषेधाज्ञा तोडेर प्रर्दशन गर्न नहुने भन्दै पर्साका प्रहरी नायब उपरिक्षक मनजीत कुंवरले स्थानियलाई सम्झाउँन खोज्दा नमानेपछि लाठी चार्ज गरेर भिडलाई तितरवितर गरेका छन् ।

प्रहरीले स्थानियमाथि चाठीचार्ज गर्नथालेपनि आक्रोशित स्थानियले नारायणी अस्पतालको परिसरमा रहेको डा. उदयर नारायण सिंहको व्यक्तिगत सवारी साधन बा १२ च ६९६६ नम्बरको कार, कोभिड बुथ सेन्टर र सेनेटाईजर बुथलाई समेत तोडफोड गरेका छन् ।

प्रहरीले चाठीचार्ज गर्दा एकजर्दन भन्दा बढी स्थानिय घाईते समेत भएको मृतकका आफन्त सुनिता घिसिङ्गले बताईन् । नारायणी अस्तपाल अगाडी प्रर्दशनमा सहभागि भएकालाई संयौको संख्यामा रहेको प्रहरीले दक्षिणतर्फ लखेट्दै छपकैया पोखरी संग पु¥याएका थिए ।

छपकैया पोखरीको मेनरोडमा पनि प्रहरीले बल प्रयोग गर्न खोजेपछि स्थानियले प्रहरी माथि ढुंगामुडा गरेका थिए । कोरोना संक्रमणको महामारी झेल्दै आएका स्थानियलाई अन्य विरामी बाट उपचार सेवा नै नपाएपछि पिडित स्थानिय सडकमा उत्रेका हुन् ।

एकजना विरामीलाई उपचार गराउँनको लागि वीरगन्जका सम्पूर्ण निजि अस्पताल धाउँदा समेत कुनै पनि अस्पतालले उपचार गर्न नमान्दा उपचारकै अभावमा ज्यान गुमाउनु परेको छ । उपभोक्त हित संरचण मञ्चका अध्यक्ष धिरज शर्माले उपचार गर्न नमानेका निजी अस्पताललाई कारवाही गराउँन अदालतमा मुद्दा हाल्ने तयारी गरेका छन् ।

स्थानिय प्रशासनले निजी अस्पतालले कुनैपनि बहानामा उपचार सेवा नदिए कडा कारवाही गर्ने चेतावनी दिएकै दिन निजि अस्पतालले उपचार गर्न नमान्दा अकालमै तीन जनाले ज्यान गुमाउनु परेको थियो ।

छपकैयाका विष्णु लामा विरामी पर्दा घंण्टो निजि अस्पताल धाउँदा कसैले पनि उपचार नगर्दा उनको ज्यान गरेको हो, उनले भने,‘ स्थानिय प्रशासनले उपचारमा लापरवाही देखाउँने चिकित्सक सहित अस्पताल संचालकलाई कारवाही गर्नपर्छ र उपभोक्ता हित संरचन मंचले समेत उनीहरुको कारवाहीको दायरामा ल्याउँन मुद्दा दिने तयारी गरीरहेको छ ।

साउन महिना शुरुवात संगै पर्सा जिल्लामा कोरोना संक्रमणको संख्या दिनप्रतिनिद बढ्न थालेपनि स्थानिय प्रशासनले साउन १० गतेदेखि अनिश्चित कालिन जिल्लामा निषेधाज्ञा लगाएको छ । कोरोना संक्रमण फैलन सक्ने भयले यहाँका स्थानिय निजि अस्पताल समेत सर्वसाधारणको उपचार गर्न छाडेका छन् ।

नारायणी अस्पताललाई संघ सरकारले कोभिड अस्पताल घोषणा गरेपछि यहाँको सम्पूर्ण जेनरल सेवा बन्द भएको छ । नारायणीमा उपचार हुने विरामीलाई उपचारको जिम्मा नेशनल मेडिकल कलेजलाई दिएको छ तर मेडिकल कलेजले भर्ना दिन मानेको छैन । जसले गर्दा दुई दिन यता तीनजनाले अकालमै ज्यान गुमाउँनु परेको हो ।

अहिले पर्सा जिल्लावासी कोरोना महामारी संगै अन्य रोगको उपचार पाउँन नसक्दा थप कोरोना भन्दा पनि अन्य रोगबाट जुन समयमा उपचार नपाएर मर्न थालेका छन । हुने खाने र पहुचवालाले निजि हेलीकप्टर रिजर्भ गरेर राजधानी तर्फ उपचार गराईरहेको छन भने स्थानिय विभिन्न खाले रोग तथा भोगले मर्न थालेका छन । तर यहाँका स्थानिय प्रशासन, महानगरपालिका तथा राजनितिक दलले यसको व्यवस्थापनमा अहिले सम्म कुनैपनि पहल गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्