टिकटको मूल्य बढाइएकोमा दर्शकको विरोध, सहिद रंगशाला बाहिर तनाव



विराटनगर : पाँचौँ साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार दिउँसो ३ बजेदेखि नेपाल र भारतबीच हुने फाइलन खेलको टिकटको मूल्य महँगो भएको भन्दै विरोध सुरु भएको छ । 

टिकट काट्दै सिट सुरक्षित गर्न रंगशाला पुगेका दर्शकहरू टिकट महँगो भएको भन्दै नाराबाजी र प्रदर्शनमा उत्रिएका छन् । प्रदर्शन र नाराबाजीका कारण सहिद रंगशाला आसपासको स्थिति तनावपूर्ण बनेको छ । 

भीड नियन्त्रण गर्न प्रहरीलाई मुस्किल परिरहेको छ । स्थिति तनावपूर्ण बन्दै गएपछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । 

आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिना जानकारी टिकटको मूल्य बढाएको दर्शकको गुनासो छ । यस अघिका खेलहरूमा २ देखि ३ सय रहेको टिकटको मूल्य फाइनलका लागि ५ सय बनाइएको छ 

दर्शकको विरोध र प्रदर्शनका कारण टिकट काउन्टर बन्द भएका छन् । एन्फाका प्रवक्ता किरण राईले दर्शकको विरोधबारे आफूलाई जानकारी नभएको र यसअघि नै निश्चित गरिसकिएको टिकटको मूल्य नघट्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्