प्रधानमन्त्रीले गरे निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन



बुटवल : प्रधानमन्त्री केपी शर्मा ओलीले रुपन्देहीको भैरहवास्थित निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन गरी प्रगतिको जानकारी लिएका छन् । 

आज बिहान भैरहवा पुगेका प्रधानमन्त्री ओलीले सो विमानस्थलको हालसम्मको कार्य प्रगति सन्तोषजनक भएको भन्दै निर्माण कार्यलाई थप गति दिई चाँडो सञ्चालनमा ल्याउन निर्देशन दिए ।  

प्रधानमन्त्री ओलीका साथ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढा, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमसहितले स्थलगत अवलोकन गरेका थिए ।  

विमानस्थलको प्रगति विवरणबारे आयोजना प्रमुख ई. प्रवेश अधिकारीले विवरण प्रस्तुत गर्दै हालसम्म ८० प्रतिशत काम सम्पन्न भएको जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्