‘छमछम काँचको चुरा’ बजारमा (भिडियाेसहित)



काठमाडौं : गायिका सावित्री गिरीको ‘छमछम काँचको चुरा’ म्युजिक भिडियोसहितको तीज गीत बजारमा आएको छ । दर्जनौं गीतको रचनाका साथै गायन क्षेत्रमा क्रियाशील गायिका गिरीले ‘छमछम काँचको चुरा, चुलठी धागोले जेलेको, सम्झना माया र माइतीको झझल्को सै साथी खेलेको’ भाकाको गीत बजारमा ल्याएकी हुन् ।

महेन्द्र गिरीको निर्माण र सावित्रीको प्रस्तुति रहेको गीतमा शब्द तथा लयमा कविराज खनाल, छायाङ्कनमा प्रदीपकुमार नापित, नृत्य निर्देशनमा प्रिती गुरुङ र अभिनयमा प्रार्थना श्रेष्ठ छन् । पुकार श्रेष्ठको निर्देशनमा रहेको गीतमा सरगम सांस्कृतिक कला केन्द्रका कलाकारको साथ छ ।

म्युजिक भिडियोकोे वरिष्ठ लोकगायिका हरिदेवी कोइरालाले शनिबार विमोचन गरिन् । कोइरालाले तीज गीतको आफ्नै मौलिकता भएको उल्लेख गर्दै परिवार, समाज र देशमा भएका वास्तविक घटनालाई तीज गीतमा समेटिनुपर्ने बताइन् । चेलीका दुःखसुखलगायत जीवनका भोगाइलाई समेटेर तीजका गीत बनाइने उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्