भारतविरुद्ध सावित्राकाे गाेल, खेल १-१ काे बराबरीमा



विराटनगर : विराटनगरको शहीद रंगशालामा जारी साफ महिला च्याम्पियनशीपमा नेपालले भारतविरुद्ध गाेल फर्काएकाे छ । खेलकेा ३२‌ औँ मिनेटमा नेपाली खेलाडी सावित्रा भण्डारीले हेड गाेल गर्दै बराबरी गरेकी हुन् ।

खेलको २६ औँ मिनेटमा भारतीय खेलाडी डालिमा छिब्बरले फ्रि किकमार्फत गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिइन् । त्यसकाे ६ मिनेट नबित्दै नेपालले खेल १-१ काे बराबरीमा पुर्‍याएकाे हाे ।

प्रतिक्रिया दिनुहोस्