बलिउड अभिनेत्री नताशालाई कोरोना पुष्टि



एजेन्सी : बलिउड अभिनेत्री तथा मिस वर्ल्ड इन्डिया २००६ नताशा सुरीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । केहिदिन अगाडी पुणेमा गएर आएपछि गरिएको परिक्षणमा संक्रमण पुष्टि भएको हो ।

एक भारतीय सञ्चारमाध्यमसँग कुरा गर्दै नताशालाई आफुलाई कोरोना भएको जानकारी दिएकी हुन् । “करिब ६ दिनअघि म एक जरुरी कामका कारण पुणे गएको थिएँ । त्यँहाबाट फर्केपछि मलाई सञ्‍चो नभएपछि तीन दिनअघि मैले कोरोना परिक्षण गराएको थिएँ । मेरो रिपोर्ट पोजेटिभ आएको छ ” उनले भनिन् ।

नताशा अहिले होम क्वारेन्टिनमा बसेकी छिन् । पुणेबाट फर्किएपछि नताशाकाे शरिर कमजोर भएकाे थियाे । तीन दिनअघि मात्र कोरोना परिक्षण गरिएको थियो ।

उनको नयाँ चलचित्र ‘डेन्जरस’ डिजिटल प्लेटफर्म एमएक्स प्लेयरमा रिलिजको तयारीमा छ । यस चलचित्रमा विपाशा बासु र करण सिंह ग्रोवरसँग उनले स्क्रिन सेयर गरिरहेकी छिन् । उनले २०१६ मा रिलिज भएको मलयालम चलचित्र ‘किंग लायर’ बाट चलचित्रमा डेब्यू गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्