सम्झनामा श्रीकृष्ण श्रेष्ठ, स्वेताले लेखिन् भावुक स्टाटस



काठमाडौं : आज साउन २५ गते नेपाली सिने उद्योगका चर्चित नायक स्व.श्रीकृष्ण श्रेष्ठको स्मृति दिवस ।

नेपाली चलचित्र क्षेत्रका मिलनसार, सफल नायक तथा निर्माता श्रीकृष्ण श्रेष्ठको निधन भएको आज ६ बर्ष भएको छ । वि.सं २०७१ साल साउन २५ गते बिहान उनको निधन भएको थियो ।

बिहे भएको केही हप्तामै स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि श्रीकृष्ण नायिका स्वेता खड्काको साथमा दिल्ली पुगेका थिए ।

अभिनेता श्रीकृष्ण श्रेष्ठलाई स्मरण गर्दै पत्नी नायिक स्वेता खड्काले निकै भावुक स्टाटस र फोटो सेयर गरेकी छिन् ।

‘यादमा बाँचिरहेको मान्छे साथ नहुँदैमा विलिन भएको भन्न कहाँ मिल्छ र !
मन-मष्तिस्कमा सँधै अमर तिमी । हार्दिक श्रद्धासमन ।’

उनलाई स्मरण गर्दैै नेपाली फिल्म उद्योगका कलाकारहरुले सामाजिक सञ्जालमा विभिन्न पोस्ट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्