स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चार कर्मचारीमा संक्रमण



काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यरत चार कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ ।

दुई दिनअघि गत शुक्रबार कोरोना विपद व्यवस्थापन समितिको टोलीले मन्त्रालयका ८४ जना कर्मचारीको स्वाब संकलन गरेको थियो ।

स्वाब संकलन गरिएकामध्ये चार कर्मचारीको पीसीआर रिपोर्ट पोजेटिभ आएको मन्त्रालयका एक उच्च अधिकारीले बताए । मन्त्रालय स्रोतको अनुसार संक्रमित कर्मचारीको पहिचान गर्ने काम भइरहेको छ । साथै उनीहरुको सम्पर्कमा आएका व्यक्तिहरुको पनि पहिचान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्