साउथ अभिनेता महेश बाबुको आज जन्मदिन



एजेन्सी : साउथ सुपरस्टार महेश बाबु आज आफ्नो ४५औँ जन्मदिन मनाइरहेका छन् ।

ट्वीटरमा ह्यापी बर्थडे महेशबाबु भनेर ट्रेन्डिङमा नै परेको थियो । उनी साउथ इन्डिया फिल्मका सुपरस्टार मानिन्छन् ।

जन्मदिनको अवसरमा उनलाई बिहानैदेखि शुभकामना आइरहेको छ । उनले १९७९ मा ‘कमियो नीडा’मा बालकलाकारको भुमिका निभाएर अभिनय शुरु गरेका थिए । उनले बाल अवस्थामा नै ८ वटा फिल्म खेलेका थिए ।

बच्चा बेलादेखी नै अभिनय यात्रा शुरु गरेका महेशले हालसम्म दर्जन बढी फिल्ममा अभिनय गरिसकेका छन् । उनले फिल्म मुरारी बाट निकै चर्चा कमाएका थिए ।

कोरोना संक्रमणको कारण भिडभाड नगर्न उनले फ्यानहरुलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्