अंगरक्षकमा कोरोना संक्रमण पुष्टि भएपछि नेकपा महासचिव पौडेल एकान्तबासमा



काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलका अंगरक्षक (पीसएओ)लाई कारोना संक्रमण पुष्टि भएको छ । अंगरक्षकमा कोरोना संक्रमण भएको पुष्टि भएपछि नेकपा महासचिव पौडेल आइतबारदेखि आइसोलेसनमा बसेका छन् ।

शुक्रबार दिइएको स्वाबको रिपोर्ट आज आउँदा पौडेलका पीएसओमा संक्रमण पुष्टि भएको हो ।

सोही दिन गरिएको परीक्षणको शनिबार प्राप्त रिपोर्ट अनुसार महासचिव पौडेलसहित अन्य सबैको नेगेटिभ आएको छ । पीएसओलाई संक्रमण पुष्टि भएपछि महासचिव पौडेल आइतबारदेखिनै आफ्नै निवासमा आइसोलेसनमा बसेका छन् ।

उनका पीसओलाई भने प्रहरी अस्पतालमा भर्ना गरिएको छ । साथै महासचिव पौडेलले आइतबारदेखि सबैखाले भेटघाट बन्द गरेर घरमै बसेका छन् ।

प्रकाशित : साउन २५, २०७७

प्रतिक्रिया दिनुहोस्