पर्यावरण संरक्षण गर्ने उद्देश्यले सुरेन्द्रको समन्वयमा विरुवा वितरण



जनकपुरधाम : पर्यावरण संरक्षण गर्ने उद्देश्यले सर्लाहीको हरिपुर्वा नगरपालिकाका बिभिन्न वडाका व्यक्तिहरुलाई बिभिन्न प्रजातिका विरुवाहरु वितरण गरिएको छ ।

समाजवादी बिद्यार्थी युनियनका केन्द्रीय सदस्य समेत रहेका मधेश प्रदेश समितिका कोषाध्यक्ष सुरेन्द्र कुमार यादवको समन्वयमा सो नगरपालिका भित्रका बिभिन्न वडाका व्यक्तिहरुलाई प्रति व्यक्ति चार वटाका दरले बिभिन्न प्रजातिका ६ हजार विरुवा वितरण गरिएको हो ।

No description available.

प्रदेश नं.२ का वन निर्देशनालयका पर्यावरण अभियानी सुरेश कुमार शर्मा तथा धनुषा वन कार्यालयका प्रमुख अशोक झाको सहयोगमा ६ हजार बिरुवा वितरण गरिएको यादवले बताए ।

उनले विरुवा वितरणका साथै पर्यावरण संरक्षणमा जोड दिदै प्राकृतिक जलाशय, कुवा, पोखरीको संरक्षणमा पनि जोड दिने योजना रहेको सुनाए ।

विरुवा वितरण कार्यक्रममा स्थानीय युवा, राजनीतिकर्मी, किसान, बिद्यार्थी तथा स्थानीयवासीहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्