प्रदेश २ : मुख्यमन्त्री कार्यालयका कर्मचारी सहित ११० जनामा कोरोना पुष्टि



जनकपुरधाम : प्रदेश नं.२ मा विश्व स्वास्थ्य संगठनका एकजना प्रतिनिधि र मुख्यमन्त्री कार्यालयका ६ जना कर्मचारी सहित पछिल्लो २४ घण्टामा १ सय १० जना व्यक्तिमा कोरोना संक्रमण पुष्टी भएको छ ।

जसअनुसार धनुषामा ३९ जना, बारामा २३ जना, महोत्तरीमा २१ जना, सप्तरीमा १२ जना, पर्सामा ५ जना, रौतहटमा ४ जना र सिरहा र सर्लाहीमा ३÷३ जना व्यक्ति संक्रमित भएका छन् । योसँगै यस प्रदेशमा संक्रमितको संख्या ५ हजार ७ सय ४१ पुगेको छ । संक्रमितमध्ये ५ हजार १ सय ५९ पुरुष र ५ सय ८२ जना महिला रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिए ।

धनुषामा संक्रमण पुष्टी भएकाहरु जनकपुरधाम उपमहानगरपालिकाकी २० र २५ बर्षिया २ जना महिला एवं २० देखि ४५ बर्ष उमेर समुहका ७ जना पुरुष, विश्व स्वास्थ्य संगठनमा कार्यरत ४१ बर्षिय एक पुरुष कर्मचारी, मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका २६ देखि ५२ बर्ष उमेर समुहका ४ जना पुरुष कर्मचारी, धनौजी गाउँपालिकाकी ३५ बर्षिया एक महिला र १ देखि ४५ बर्ष उमेर समुहका ११ जना पुरुष, प्रादेशिक अस्पताल जनकपुरका १० र ३८ बर्षिया २ जना महिला एवं २५ देखि ८३ बर्ष उमेर समुहका ४ जना पुरुष, लक्ष्मिनीया गाउँपालिका बनिनियाँका ३७ बर्षिय २ जना पुरुष, धनुषाधाम नगरपालिकाका २२ बर्षिय एक पुरुष र ठेगाना खुल्न नसकेकी २० बर्षिया एक महिला तथा २५ देखि ३५ बर्ष उमेर समुहका ३ जना पुरुष रहेका छन् ।

महोत्तरीका संक्रमितहरु जलेश्वर नगरपालिकाका ३९ बर्षिय एक पुरुष, मटिहानी नगरपालिका घर भई हाल मुख्यमन्त्री कार्यालयमा कार्यरत रहेका ३६ बर्षिय एक पुरुष, औरही नगरपालिका–२ र ४ का १८ देखि ५२ बर्ष उमेर समुहका ९ जना, सिन्धुलीको कमलामाई नगरपालिका घर भई हाल औरही नगरपालिकामा रहेको ३४ बर्षिय एक पुरुष, कजरा रमौलकी ४९ बर्षिया एक महिला, रामगोपालपुर नगरपालिकाकी ३८ बर्षिया एक महिला र ४२ देखि ७५ बर्ष उमेर समुहका ३ जना पुरुष, बर्दिबास नगरपालिकाकी ६० बर्षिया एक महिला, अन्कारका ३० बर्षिय एक पुरुष, भङ्गहा सितापुर घर भई हाल प्रादेशिक अस्पताल जनकपुरमा रहेका ४० बर्षिय एक पुरुष र ठेगाना खुल्न नसकेका ६० बर्षिय एक पुरुष रहेका छन् ।

बाराको पचरौता नगरपालिका–१ की २१ देखि ५५ बर्ष उमेर समुहकी ५ जना महिला र २५ देखि ६० बर्ष उमेर समुहका ३ जना पुरुष, जितपुर सिमरा उपमहानगरपालिकाका ३४ बर्षिय एक पुरुष र ठेगाना खुल्न नसकेका १२ देखि ४५ बर्ष उमेर सहुहकी ४ जना महिला र २७ देखि ५५ बर्ष उमेर समुहका १० जना पुरुष संक्रमित भएका छन् ।

सप्तरीको बोदेबर्साइन नगरपालिका–८ का ३० बर्षिय एक पुरुष, खड्क नगरपालिका–१० की ४ देखि १५ बर्ष उमेर समुहकी ३ जना बालिका र ३२ बर्षिय एक पुरुष र राजविराज नगरपालिका– १ र ४ की २७ र ५५ बर्षिया २ जना महिला एवं ५ देखि ४८ बर्ष उमेर समुहका ५ जना पुरुष संक्रमित भएका छन् ।
पर्साका संक्रमितहरु वीरगञ्ज महानगरपालिकाका ३२ र ७० बर्षिय २ जना पुरुष र ठेगाना खुल्न नसकेका २५ देखि ४५ बर्ष उमेर समुहका ५ जना पुरुष रहेका छन् ।

रौतहटको बौधिमाई नगरपालिका घर भई हाल मुख्यमन्त्री कार्यालयमा कार्यरत ५२ बर्षिय एक पुरुष, कटहरिया नगरपालिका–५ का ३० बर्षिय एक पुरुष, गुजरा नगरपालिका–१ का ३२ बर्षिय एक पुरुष र ठेगाना खुल्न नसकेका १० बर्षिय एक बालक संक्रमणको चपेटमा परेका छन् ।

सिरहाको चोहर्वा नगरपालिकाका ३० बर्षिय एक पुरुष, लहान नगरपालिकाका उमेर खुल्न नसकेका एक पुरुष र ठेगाना खुल्न नसकेका ४७ बर्षिय एक पुरुष तथा सर्लाहीको बसन्तपुरका ४० बर्षिय एक पुरुष, सोहनपुरका उमेर खुल्न नसकेका एक पुरुष र ठेगाना खुल्न नसकेका ४९ बर्षिया एक महिला समेत कोरोना संक्रमित भएका छन् ।

प्रदेशभरीमा आईतबारसम्म सप्तरीमा ९ हजार ८ सय ९४, सिरहामा ४ हजार ७ सय २२, धनुषामा ७ हजार ५ सय ४३, महोत्तरीमा ४ हजार ४ सय ६७, सर्लाहीमा ६ हजार ४ सय १०, रौतहटमा १६ हजार ४ सय ४०, बारामा ५ हजार ७ सय ६२ र पर्सामा १३ हजार ४२ जना गरि जम्मा ६८ हजार २ सय ८० जनाको स्वाब परिक्षण गरिएकोमा ५ हजार ७ सय ४१ जना संक्रमित भएका छन् भने ५७ हजार ९ सय ६१ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

त्यस्तै सप्तरीमा ९ सय ३५, सिरहामा ४ सय ९, धनुषामा ८ सय २४, महोत्तरीमा ७ सय ९०, सर्लाहीमा १ सय १७, रौतहटमा ५ सय ६९, बारामा ३ सय ६७ र पर्सामा ५ सय ६७ जना गरि कुल ४ हजार ५ सय ७८ जनाको रिपोर्ट आउन बाँकी रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यस प्रदेशमा आज मात्रै सप्तरीमा २ सय २९, सिरहामा १ सय ५५, धनुषामा १ सय ९३, महोत्तरीमा ९४, रौतहटमा ८५ र बारामा १ सय ४ जना गरि ८ सय ६० जनाको स्वाब संकलन गरिएको छ ।

आरडिटी तर्फ अहिलेसम्म २६ हजार ८ सय ६८ जनाको परीक्षण गरिएकोमा सप्तरीमा ६२, सिरहामा २ सय ६४, धनुषामा १ सय ६६, महोत्तरीमा ५ सय ६, सर्लाहीमा ६, रौतहटमा १ सय २७, बारामा ४६ र पर्सामा २९ जना गरि कुल १ हजार २ सय ६ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने २५ हजार ६ सय ६२ जनाको रिपोर्ट नेगेटिभ आएको झाले बताए ।

प्रदेश २ को आठवटै जिल्लाका बिभिन्न ठाउँहरुमा निर्माण गरिएको १४ हजार १ सय ४२ बेड क्षमताको २ सय २७ वटा क्वारेन्टाइनमा अहिले १ हजार ५ सय ३१ जनालाई राखिएको छ भने २ हजार ३ सय ८८ जनालाई होम क्वारेन्टाइनमा पठाइएको छ । प्रदेशका आठवटै जिल्लाको बिभिन्न ठाउँहरुमा सञ्चालनमा रहेको २ हजार ८९ बेड क्षमताको आईसोलेशनमा सप्तरीमा १ सय ७६, सिरहामा १९, धनुषामा १ सय २९, महोत्तरीमा ५९, सर्लाहीमा ७२, रौतहटमा ५, बारामा ५८ र पर्सामा ७ सय ७ जना गरि १ हजार २ सय २५ जनालाई भर्ना गरिएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए ।

प्रदेश २ मा सबैभन्दा बढी रौतहट जिल्लामा १ हजार २ सय ६८ जना संक्रमित भएका छन् । पर्सामा ९ सय ५१, महोत्तरीमा ८ सय ८९, धनुषामा ८ सय ३८, सर्लाहीमा ७ सय ८४, सप्तरीमा ५ सय ५४, बारामा २ सय ३४ र सिरहामा २ सय २३ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा यस प्रदेशमा २३ जना व्यक्ति अस्पतालबाट डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरुमा सप्तरीका १५, धनुषाका ४ र रौतहटका ४ जना व्यक्तिहरु छन् । योसँगै हालसम्म यस प्रदेशमा सप्तरीका ४ सय १३, सिरहाका १ सय ८०, धनुषाका ६ सय, महोत्तरीका ३ सय ६४, सर्लाहीका ६ सय ५२, रौतहटका ७ सय ५४, बाराका १ सय ७४ र पर्साका २ सय २० जना गरि ३ हजार ३ सय ५७ जना संक्रमितहरु डिस्चार्ज भई आ–आफ्नो घर फर्किसकेका छन् ।

प्रदेश २ मा हालसम्म पर्सामा १७, बारामा २, सप्तरीमा २, रौतहटमा २, सिरहामा १, महोत्तरीमा १ जना र धनुषामा १ जना गरि २६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्