जथाभाबी बोल्दै नहिँड्न पार्टीका नेतालाई गगन थापाको चेतावनी



काठमाडौं : नेपाली काँग्रेसका नेता गगन थापाले पार्टीका नेतालाई जथाभाबी बोल्दै नहिँड्न चेतावनी दिएका छन् । पार्टीभित्र खुला छलफल नगर्ने तर सार्वजनिक कार्यक्रममा विभिन्न विषयमा जनमत संग्रहमा जान सकिने कुरा जिम्मेवार नेताहरूले गरिरहे पार्टी ठूलो भड्खालोमा जाकिने उनको भनाइ थियो । 

महामन्त्री शशांक कोइरालाले ‘संघीयता र गणतन्त्रको विषयमा जनमत संग्रहमा जान सकिने’ अभिव्यक्ति दिएकोमा आपत्ति जनाउँदै नेता कार्यकर्ता आफै अलमलमा पार्ने खालको अभिव्यक्ति नदिन पनि आग्रह गरे ।

गिरिजाप्रसाद कोइराला फाउन्डेसनले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता थापाले गिरिजाप्रसाद कोइरालाले लिएको सहमति, सहकार्य र एकताको सूत्रलाई आत्मसात् गरेर पार्टीलाई एकतावद्ध बनाउनुपर्ने आवश्यक्ता पनि औँल्याए ।

प्रतिक्रिया दिनुहोस्