गायक लामाको ‘मैले नाम बदल्न सकें’ बजारमा (भिडियोसहित)



काठमाडौं : गायक दिलिप लामा नयाँ गीत लिएर बजारमा आएका छन् । ‘मैले नाम बदल्न सकें’ बोलको गीतसहित बजारमा आएका लामा रेडियो नेपालले आयोजना गरेको राष्ट्रिय आधुनिक गीत सम्मेलनमा २०७० सालमा प्रथम भएका थिए ।

गीत सुभास गौतमले लेखेका हुन् । केशव पौडेलले संगीत गरेको गीतमा भूपेन्द्र रायमाझीले संगीत संयोजन गरेका हुन् ।

गीतमा काम, नाम सबै बदल्न सके पनि मान्छेलाई बदल्न नसकेको कुरा प्रस्तुत गरिएको छ । गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको हो ।

प्रकाशित : साउन २६, २७७

प्रतिक्रिया दिनुहोस्