पेट्रोलपम्पको अवस्था बुझ्न अध्ययन सुरु



काठमाडौं : काठमाडौँ महानगरपालिकाले शुक्रबारदेखि साँघुरो स्थान र जोखिमपूर्ण अवस्थामा रहेका पेट्रोलपम्पको अवस्था बुझ्न अध्ययन सुरु गरेको छ । 

अध्ययन टोली बनाई शुक्रबारदेखि अनुगमन कार्य सुरु गरिएको र आगामी १५ दिनभित्र प्रतिवेदन आइसक्ने कामपाको सहरी सुव्यवस्था विभागका प्रमुख हरि कुँवरले बताए । 

कुँवरको संयोजकत्वमा कामपा, ट्राफिक प्रहरी, नेपाल आयल निगम र सहरी विभागबाट एक÷एक जना सदस्य रहने गरी पाँच सदस्यीय अध्ययन कार्यदल गठन गरिएको छ । 

समितिले ल्याएको प्रतिवेदनको आधारमा जोखिमपूर्ण पम्पलाई हटाउने प्रक्रिया सुरु गरिने छ । 

महानगरमा कुल ७५ पम्प रहेकामा १५ वटा सुरक्षाको हिसाबले जोखिम देखिए पनि के गर्ने भन्ने विषयमा अध्ययन प्रतिवेदन पछि मात्रै निर्णय गरिनेछ । 

पम्पका कारण जोखिम बढेको जनगुनासो आएपछि कामपाले अध्ययन थालेको हो ।

प्रतिक्रिया दिनुहोस्