भृकुटीमण्डपमा तीन दिने पुष्प मेला सुरु



काठमाडाैं : भृकुटीमण्डपमा ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने नारासहित पुष्प मेला सुरु भएको छ । 

तीन दिने मेलाको कृषि तथा पशुपक्षी विकास राज्यमन्त्री रामकुमारी चौधरीले उद्घाटन गरिन् । सो क्रममा बोल्दै उनले कृषि क्षेत्रमा युवाको आकर्षण बढाउन र आत्मनिर्भर बन्न पुष्प व्यवसाय उपयुक्त भएको बताइन् । 

मेलामा मौसमी फूल, आलंकारीक बोट बिरुवा, कट फ्लावर, ट्राइफ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो बीउबिजन, ग्रीनहाउस, कृषि औजार, उपकरण प्याकेजिङ, सूक्ष्म तथा थोपा सिँचाइ, आधुनिक र जैविक विषादी गरी ८४ बिक्री कक्ष छन् । 

मेलामा ५० लाख व्यक्तिले अवलोकन तथा रु ६० लाखको आर्थिक कारोबार हुने अनुमान गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्