प्रहरी कन्ट्रोलमा कार्यरत तीन जना प्रहरीमा कोरोना संक्रमण



काठमाडौं : महानगरीय प्रहरी कार्यालय रानीपोखरीस्थित प्रहरी कन्ट्रोलमा कार्यरत तीन जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित प्रहरीहरुको निकट सम्पर्कमा रहेकालाई पीसीआर परीक्षणको तयारी गरिएको छ ।

मेट्रो कन्ट्रोल पनि भनिने यहाँ करिब एक सय जना कार्यरत छन् । फोन गर्दा पैसा नलाग्ने १०० नम्बरमा प्रहरीहरु २४ सै घण्टा तैनाथ हुन्छन् ।

प्रहरीको सहयोग चाहिएमा वा प्रहरीलाई कुनै सूचना दिनुपरेमा १०० नम्बरमा फोन गर्दा प्रहरी कन्ट्रोलमा उठ्छ । यहाँ विभिन्न खालका सूचनाहरु संकलन हुने गर्दछ ।

यसअघि रानीपोखरीमै कार्यरत एक जना प्रहरीमा पनि कोरोना संक्रमण देखिएको थियो । यसैगरी नेपाल प्रहरीको पहरा गण सामाखुसी र नगर प्रहरी एक जनामा पनि कोरोना संक्रमण देखिएको छ ।

प्रकाशित : साउन २६, २०७७

प्रतिक्रिया दिनुहोस्