शिक्षामन्त्री पोखरेलको स्वास्थ्यमा सुधार



काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलको स्वास्थ्यमा सुधार आएको छ। ललितपुरस्थित पाटन विज्ञान स्वास्थ्य प्रतिष्ठानमा उपचाररत पोखरेलको स्वास्थ्यमा सुधार भइरहेको उनका स्वकीय सचिव पुरन केसीले जानकारी दिए।

पेट दुख्ने समस्या भएपछि मन्त्री पोखरेल बिहीबार अस्पताल भर्ना भएका थिए। उनको उपचारमा प्रतिष्ठानका रजिष्ट्रार डा. पीताम्बर अधिकारीको समूह संलग्न रहेको छ। सुरुमा मध्यबानेश्वरस्थित भरोसा अस्पतालमा उपचार गराएपछि पुनः स्वास्थ्यमा समस्या अएपछि उनी पाटन अस्पताल भर्ना भएका थिए। अहिले उनकोे सामान्य सौयामा राखी उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्