रक्षामन्त्रीले हस्तक्षेप गर्दा फास्ट ट्रयाकले गति लिन सकेन : प्रधानसेनापति थापा



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापालेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीसँगको भेटमा प्रधानसेनापति थापाले फास्ट ट्रयाक निर्माणको विषयलाई लिएर रक्षामन्त्री ईश्वर पोखरेलले अपमान र असहयोग गरेको गुनासो गरेका छन् ।

थापाले फास्ट ट्रयाकले गति नलिनुमा रक्षामन्त्री पोखरेलको हस्तक्षेपकारी भूमिका बाधक रहेको प्रधानमन्त्री ओलीलाई बताएका छन् ।

एक साताअघि रक्षामन्त्रालयमा आयोजित एक कार्यक्रममा उपप्रधानमन्त्रीसमेत रहेका पोखरेलले काठमाडौं–तराई जोड्ने फाष्ट ट्रयाक निर्माण ढिलाइ भएकोमा अगाडि रहेका प्रधान सेनापतिलाई संकेत गर्दै व्यङ्ग्य गरेका थिए ।

त्यस कार्यक्रममा पोखरेलले फास्ट ट्रयाक निर्माण ढिलाइ भएकोमा ‘लकिरका फकिर’को उदाहरण दिएका थिए । लगत्तै प्रधान सेनापति थापाले परामर्श दाता र कन्ट्याक्टर छनोटमा रक्षामन्त्रीको हस्तक्षेपकारी भूमिकाको संकेत गर्दै काम ढिलो हुन गएको बताए । उनले रक्षामन्त्रीकै कारण नेपाली सेनालाई अनावश्यक विवादमा पार्ने काम भएको गुनासो गरेका थिए । आफ्ना काम कारबाहीमा चरम राजनीतिक दबाब रहेको उनको संकेत थियो ।

प्रकाशित : साउन २६, २०७७

प्रतिक्रिया दिनुहोस्