पत्रकार सुवेदीले माफी माग्दा नायिका पूजा शर्मा अचम्मित !



काठमाडौं : केही दिनदेखि नायिका पूजा शर्मा र सञ्चारकर्मी प्रकाश सुवेदीको विवादको बिषयलाई लिएर सामाजिक सञ्जाल तातेको छ । चलचित्र पत्रकार प्रकाश सुवेदीले आफ्नो एक टेलिभिजन कार्यक्रममा पूजामाथि लक्षित गर्दै छुद्र टिप्पणी गरेका थिए ।

आफ्नो टेलिभिजन कार्यक्रममा सुवेदीले ‘दारा भएका नायिकालाई हामीले महानायिका बनाइदिनुपर्ने’ भन्दै टिप्पणी गरेपछि चर्को आलोचना भइरहेको हाे ।

आफूलाई टेलिभिजन कार्यक्रममार्फत अपमानजनक शैलीमा होच्याएको भन्दै कलाकार पूजा शर्माले पत्रकार प्रकाश सुवेदीविरुद्ध उजुरी दिएकी छन् ।

पूजाले आफूविरुद्ध उजुरी दिएपछि पत्रकार प्रकाश सुवेदीले एपीवान टेलिभिजनबाट प्रसारण भएको कार्यक्रममार्फत आइतबार माफी मागेका छन् । उनले आफूले गल्ती भएको स्वीकार्दै केही शब्द चयन गर्दा चिप्लिएको र अब शब्द चयनमा ख्याल गर्ने बताएका छन् ।

पूजा शर्माले भने पत्रकार सुवेदीले गम्भीर विषयलाई हल्का रुपमा लिएर माफी मागेकोमा आफू ‘अचम्मित’ भएको प्रतिक्रिया दिएकी छन् । उनले सामाजिक सञ्जालमार्फत एक टिप्पणी गर्दै हलुका टिप्पणीसहित मागिएको माफीले आफूहरुलाई अचम्मित तुल्याएको बताएकी छिन् ।

उनले लेखेकी छन्,

Ap1 टिभिको रजतपट कार्यक्रम मा भएको कलाकार प्रतिको अपमानजनक टिप्पणी बिरूद्द हिजो हामिले कलाकार संघ, निर्माता संघ , Ap1 लगायत बिभिन्न महत्वपूर्ण ठॉउमा उजूरी दियौ, लगत्तै हिजो बेलुका सम्बन्धीत कार्यक्रम प्रस्तोताले क्षमा माग्ने भिडियो पनि आयो , त्यो सुनेर हामि झन आश्चर्यमा पर्यौ !तय्स्तो गम्भिर बिषयमा उहॉले “ दारे “ शब्द चिप्लिएर प्रयोग गरिएको मा माफि पाऊ भन्नु भो , जबकि “ दारे महानायिका “ शब्द चिप्लिएको होइन … २ दिनकि चॉदनि फिर अन्धेरी रात, तिमिहरूको के हैसियत छ ? भोलि हात जोडेर अन्तर्वार्ता दिन आउनु पर्ने दिन आउछ , मैले एक से एक अभिनेत्री को अन्तर्वार्ता लिएको छू ,तं आउदिन भन्ने तेरो के हैसियत के छ ? .. यो आशय स्पष्ट झल्किने त्यति लामो शब्दावली कसरी चिप्लिएको हुन सक्छ ? एउटा शब्द “ दारे महानायिका “ मात्रै भए लौ चिप्लियो होला भनेर मान्न सकियो तर उहॉले अन्तर्वार्ता मा नआएको रिस त्यति लामो शब्दमा आक्रोस सहित पोख्नु भएको छ , “घरमा हामि सधै यस्तै बोलथ्यौ , परिवार सम्झेर कार्यक्रममा पनि बोले रे “ राष्ट्रीय टेलिभिजन च्यानलमा बोलेको त्य्सतो बिषयमा पनि यस्तो हलुका टिप्पणी सहित मागिएको माफिले हामिलाइ अचम्भित तुल्यायो !

अत यो गम्भिर बिषयलाइ कार्यक्रम प्रस्तोताले जुन ढंगले घमन्ड र दम्ब सहित राष्ट्रीय टेलिभिजन मा प्रस्तुत गर्नु भएको छ यो सम्पूर्ण कलाकारको अपमान हो, भबिष्यमा यस्ता घटनाहरू पुन दोहोरिन सक्छ अत :हामिले न्यायको लागि चलचित्र संग सम्बन्धित सरोकारवाला संघ गुहारेका छौ साथै उक्त कार्यक्रम प्रसारण गर्ने टेलिभिजन मा पनि गएको छौ यो बिषयलाइ निज प्रस्तोताले लिए जस्तै हल्का रूपमा नलिइ गम्भिर भएर ,भबिष्यमा समेत नजीर बस्ने गरि न्याय प्राप्त गर्ने आशा सहित लागि रहने छौ यो साथ र सहयोग को लागि सम्पूर्ण चलचित्रकर्मी , न्यायप्रेमी पत्रकार साथिहरू , शुभचिन्तक मित्रहरू सबैलाइ धन्यवाद!!!

प्रतिक्रिया दिनुहोस्