जिल्ला अदालत मोरङका न्यायाधीशलाई कोरोना संक्रमण



मोरङ : जिल्ला अदालत मोरङका एक जना न्यायाधीशलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार चार जनाको स्वाब संकलन गर्दा एकजना न्यायाधीशमा पनि कोरोना संक्रमण पुष्टि भएको सूचना अधिकारी युवराज पौडेलले जानकारी दिए ।

उनको क्यान्ट्याक्ट टे्रसिङमा रहेका ४० जनाको स्वाब संकलन गर्ने तयारी भइरहेको उनले बताए ।

यसैगरी विराटनगरको नोबेल मेडिकल कलेजमा थप दुईजना स्वास्थ्यकर्मीको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । कलेजका प्रबन्धक नारायण दाहालका अनुसार सोमबार एकजना डाक्टर र एकजना नर्सको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । यससँगै नोबेल मेडिकल कलेजमा कोरोना संक्रमित स्वास्थ्यकर्मीको संख्या ४ पुगेको छ ।

प्रकाशित : साउन २६, २०७७

प्रतिक्रिया दिनुहोस्