ट्रम्पको निर्णयले शीत युद्ध फर्किने डर



तत्कालीन सोभियत युनियनका नेता मिखाइल गोर्बाचोभ र तत्कालीन अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनले आइएनएफमा सन् १९८७ मा हस्ताक्षर गरेका थिए ।

पूर्व सोभियत युनियनका राष्ट्रपति मिखाइल गोर्बाचोभले शीत युद्ध अन्त्य गर्ने मध्येको एक महत्वपूर्ण सन्धिबाट अमेरिका बाहिरिएने निर्णयले परमाणु हतियार निशस्त्रीकरण प्रक्रियामा ठूलो झड्का लागेको बताएका छन् ।

 

अमेरिकी राष्ट्रपति ट्रम्पले रुससँगको परमाणु हतियार सम्बन्धी सन्धिबाट अमेरिका बाहिर लागेको पुष्टि गरेपछि सन्धिका हस्ताक्षरकर्ता गोर्बाचोभले त्यसको आलोचना गरेका हुन् ।

 

रुसले सन् १९८७ मा भएको सन्धिको उल्लंघन गरेको आरोप अमेरिकाको छ । अमेरिका र रुसबिच सन् १९८७ मा मध्यम स्तरको परमाणु शक्ति (आइएनएफ) सन्धि भएको थियो ।

यो सन्धिले स्थलमा हुने मध्यम स्तरका परमाणु हतियारको प्रक्षेपणमा रोक लगाएको थियो । अर्थात यो सन्धि अनुसार ५०० सय देखि ५५ सय किलोमिटरको दूरीसम्म मार हान्न सक्ने मिसाइल परीक्षण गर्न पाईँदैन ।

 

तत्कालीन सोभियत युनियनका नेता मिखाइल गोर्बाचोभ र तत्कालीन अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनले आइएनएफमा सन् १९८७ मा हस्ताक्षर गरेका थिए । रुसले ट्रम्पको निर्णयको आलोचना गरेको छ ।

 

अमेरिकी सुरक्षा सल्लाहकार जोन बोल्टनको रुस भ्रमणको क्रममा यो विषयमा कुरा हुने बताइएको छ । जर्मनीले पनि अमेरिकी कदमको आलोचना गरेको छ । गोर्बाचोभसहितले ट्रम्पको निर्णयले शीत युद्ध फर्किने डर रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्