कांग्रेस नेता सिटौला अस्पताल भर्ना, आइसियुमा उपचार हुँदै



काठमाडौं : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला अस्वस्थ भएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको छ। रगतमा हेमोग्लोबिनको मात्रा कम भएपछि सिटौलालाई धुम्बाराहीस्थित हेम्स अस्पतालमा भर्ना गरिएको उनका सहयोगी किरण सिटौलाले जानकारी दिए।

सिटौलाको रक्तचाप पनि घटेको छ। उनको सघन उपचार कक्ष (आइसियु) मा उपचार भइरहेको सिटौलाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्