कपिलवस्तु भीषण आगलागी, ११ जले 



कपिलवस्तु : हावाहुरीसँगै कपिलवस्तुमा भीषण आगलागी भएको छ।  शिवराज नगरपालिका ६ पैकीवण्डामा शुक्रबार दिउँसो लागेको आगो हिजो राति अबेरसम्म नियन्त्रणमा आउन सकेको छैन। आगलागी कसरी भयो भन्नेबारे पत्ता लाग्न सकेको छैन।

आगलागीबाट ११ घर, ५ गोठ जलेर नष्ट भएका छन् भने ५४ लाख मूल्य बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। यस्तै आगलागीबाट ४५ बर्से सनिउल्ला मिया घाइते भएका छन्।  स्थानीय मेडिकल कलेजमा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ।

आगलागीबाट बुधई कुर्मी, वहब मुसलमान, इलाकत मुसलमान, हरिद मियाँ, राहत मियाँ, अब्दुल मुसलमान, भगवती पाल, अब्दुल कलाम मुसलमान, सनिउल्ला मियाँ, समिम नाउ, मन्जुर नाउ, वर्मा कुर्मी, कोदई कुर्मी, किसलावती कुर्मी, मिताउल्ला मिया र बरसती मुसलमानको घर गोठ पूर्ण रुपले जलेको प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस्