आजको राशिफल हेर्नुहाेस्



मिति : २०७५ चैत ९ 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिन छ। आत्मबल बढाएर काम गरेमा असफल भइँदैन। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । दैनिक कार्य सफलता पाईनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन्। रचनात्मक काममा जुट्ने समय छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । स्वादिष्ट भोजन पाईनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । वित्तीय संस्थाबाट सहयोग पाईनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मनमा दुविधा उत्पन्न हुनेछ । मनमा निरासा र शरीरमा आलस्य आउला । आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । प्रेममा विवाद पनि रहनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) छोटो दुरीको लाभदायक यात्रा रहला। मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ। विशिष्ठ व्यक्तिको साथ पाईनेछ। शुभकार्यको चर्चा चल्नेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्। प्रेमजीवन सुखद् रहने देखिन्छ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ। शुभारम्भको चर्चा चल्नेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) मनमा शान्ति र अनुहारमा कान्ति छाउला। दाम्पत्य जीवन सुखमय हुनेछ । दिनको उत्तरार्ध सुखद रहनेछ। लगनशीलताले कामहरू अगाडी बढ्नेछन्।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ। ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ। जिद्दीपनाले गर्दा काम बिग्रने डर छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ। समाजिक कार्यमा मन जाला। कूटनीतिक नियोगको सहयोग मिल्ला। दैनिक कार्यमा प्रगति हुनेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) घरमा अतिथिको आगमन हुनेछ। इनाम र प्रतिष्ठा कमाउने वेला छ। कुटुम्बको सहयोग मिल्नेछ। राजनैतिक सफलता मिल्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) न्यायिक कार्यमा सफलता मिल्नेछ। सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ। साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्। लाभदायक यात्रा रहला।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। व्यर्थको सास्ति खेप्नु पर्नेछ। स्वास्थ्यको क्षेत्रमा पनि प्रतिकूल हुने देखिन्छ। सरकारी निकाएको भय रहला।

स्राेत : हाम्राे पात्राे

 

 

प्रतिक्रिया दिनुहोस्