जिस्किँदै पछार्दा एक जनाको मृत्यु



रुपन्देहीः सियारी गाउँपालिकामा जिस्किँदै उचालेर पछार्दा एक जनाको मृत्यु भएको छ । सियारी-३ सितापुरका ओमप्रकाश यादवले उचालेर पछार्दा जंगबहादुर बेलदारको मृत्यु भएको हो ।

मादक पदार्थ सेवन गरी जिस्किने क्रममा उचालेर पछार्दा जंगबहादुर बेलदारको ढाड र कम्मरमा चोट लागेको थियो । गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रकाशितः साउन २६, २०७७

प्रतिक्रिया दिनुहोस्