वैज्ञानिक भन्छन्– मेस्सी जस्तै अर्का मेस्सी बनाइदिन्छौं



एजेन्सी : वैज्ञानिकहरुले मेस्सीजस्तै दुरुस्तै अर्को मान्छे अर्थात् मेस्सी नै बनाउन सकिने दाबी गरेका छन्।

क्लोनिङमार्फत मेस्सीजस्तै अनुहार, मेस्सीजत्रै उचाइ र मेस्सीकै बराबर खेल कौशल भएको अर्को मेस्सी बनाउन सकिने बताएका छन्। यो सम्भव भएको पनि आनुवांशिक खोजमा संलग्न वैज्ञानिकहरुले बताएका छन्। विश्वफुटबलमा राज गर्न सफल मेस्सीले बार्सिलोनाबाट ६ सय ७४ खेल खेल्दै ५ सय ९१ गोल गरिसकेका छन्। 

विश्व फुटबलमा मेस्सीजस्तै अर्को खेलाडी जन्मिएलान् भन्ने विषय चर्चामा छ। यसबीचमा वैज्ञानिकहरुले यदि मानिसले चाहे आफूहरुले अर्का दुरुस्तै मेस्सी भविष्यमा बनाउन सक्ने दाबी गरेका हुन्। 

आनुवंशिक विशेषज्ञ अर्काडी नाभारोले भने, ‘अर्को मेस्सी बनाउन सम्भव छ, अहिलेको प्रविधिले यो सम्भव छ,’ उनले फेरि थपे, ‘ती दुरुस्तै मेस्सी हुनेछन्। मेस्सीका जुम्ल्याहाजस्ता देखिनेछन्।’ वैज्ञानिकहरुले मेस्सीकै क्षमता, खेल कौशल भए पनि क्लोन गरिएका मेस्सीमा केही कुरा फरक हुने बताए। 

‘आनुवंशिक गुण एकै भए पनि शिक्षा र वातावरण फरक कुरा हो।’ अर्काडीले भने, ‘क्लोन गरिएका मेस्सीले अहिलेका मेस्सीको जस्तै वातावरण पाउन असम्भव छ। मेस्सी अर्जेन्टिनामा जन्मिए हुर्किए। उनको बाल्यकाल फरक थियो।’ 

वैज्ञानिकहरुले क्लोन गरिएका मेस्सीमा अहिलेका मेस्सीको जस्तै खेल कौशल, सामथ्र्य नहुनेमा शंका भने गर्नुनपर्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्