पर्सामा ९ प्रहरीसहित थप ५५ जनामा कोरोना संक्रमण



वीरगन्ज : पर्सामा ९ प्रहरीसहित थप ५५ जनामाको कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा सोमबार राति गरिएको परीक्षणमा ९ प्रहरीसहित ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ३ जना बारा स्थायी घर भएका छन् ।

वडा प्रहरी कार्यालय विर्ताका ८ र जिल्ला प्रहरी कार्यालय पर्साका एक जना गरी ९ जना प्रहरीमा पनि कोरोना संक्रमण देखिएको छ । नारायणी अस्पतालका चिकित्सक डा. निरजकुमार सिंहका अनुसार सोमबार गरिएको परीक्षणमा १७ जना महिलासहित ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये २७ जनामा कन्टयाक्ट ट्रेसिङका क्रममा संक्रमण पुष्टि भएको हो । ५ जना संक्रमितमा ज्वरो र खोकीको लक्षण देखिएको छ । पैसा तिरेर स्वयम् परीक्षणका लागि आएका ४ जनामा पनि कोरोना पुष्टि भएको छ ।

नारायणी अस्पतालका थप ५ जना स्टाफमा पनि कोरोना संक्रमण देखिएको छ । सोमबार राति संक्रमण पुष्टि भएका ५५ जनामध्ये १० जना संक्रमित वीरगन्ज महानगरपालिका–४ विर्ताका बासिन्दा हुन् । ५ जना संक्रमित वीरगन्ज–१ छपकैयाका र ३ जना संक्रमित माइस्थानका हुन् ।

कृषि सामाग्री प्रालिका एक जना कर्मचारीमा पनि कोरोना पुष्टि भएको छ । अन्य संक्रमित वीरगन्जको रामटोल, आदर्शनगर, रेशमकोठी, भिस्वा, लिंकरोड, मुर्लीका बासिन्दा हुन् भने एक जना पर्साको धोबनी गाउँपालिकाका हुन् ।

प्रकाशित : साउन २७, २०७७

प्रतिक्रिया दिनुहोस्