होलीमा समातिएका मोटरसाइकल छाडियो 



जनकपुर : जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय धनुषाले होलीमा जथाभावी चलाएको भन्दै नियन्त्रणमा लिएको १ सय ४६ मोटरसाइकल र व्यक्तिलाई सम्झाइ बुझाई छाडेको छ। 

शुक्रबार जनकपुरमा बिनाहेलमेट चलाएको, तीन जना सवार रहेको, मापसे गरेका ५६ ओटा मोटरसाइकललाई नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख दीपक साहले द जानकारी दिएका छन्।  उनका अनुसार नियन्त्रणमा लिइएका सबै मोटरसाइकललाई शुक्रबार नै छाडेको थियो।

त्यस्तै जिल्ला प्रहरी कार्यालय धुनषाले पनि शुक्रबार नियमविपरीत चलाउने ९० ओटा मोटरसाइकलाई नियन्त्रणमा लिएको थियो। तिनलाई पनि सम्झाएर छाडिएको जिल्ला प्रहरी कार्यालयले बताएको छ। 

प्रतिक्रिया दिनुहोस्