“नेभर बि लेट”



उमेश मण्डल
युवा नेता (जसपा)

कूटनीतिलाई केवल सत्ता स्वार्थ, अन्तरपार्टी सम्बन्ध, व्यक्तिगत लाभको कसिमा अभ्यास गरिरहेको हाम्रो देशले स्पष्ट विदेश नीतिको आवश्यकतालाई नकार्न सकिँदैन । विदेश नीतिको निर्धारक तत्वको रुपमा संस्कृति, रहन सहन, सभ्यता विकास क्रम, रितिरिवाज रहेको हुन्छ । जबसम्म यस तत्वहरुको मन्थनबाट कूटनीति झुकावको स्पष्ट दिशाबोध गरिदैँन तबसम्म नेपाल र नेपालीहरुको लागी राजनीतिक विकास, आर्थिक विकास र समृद्धि केवल खोक्रो नारामा मात्र सीमित भइरहने छ । नेपालमा अभ्यासरत संघीय लोकतन्त्रले आम नेपाली जनतामा तात्विक भिन्नताको अनुभूति सञ्चार गर्न पनी कूटनीतिको सामन्जस्यपूर्ण प्रयोग गर्ने क्षमता विकास गर्नु आजको आवश्यकता हो ।

भनिन्छ, कूटनीति असफलताले राष्ट्र र जनतालाई कहिले नपुरिने पीडामा धकेलिदिन्छ । विदेश नितिको प्रभावशाली कार्यान्वयनले मात्र आजको भूमण्डलीकृत विश्वमा आफ्नो अस्तित्व कायम राख्न सक्ने हुँदा सम्पूर्ण नेपालीहरुले हेक्का राखोस् । कूटनीतिलाई बच्चाले खेल्ने खेल बूझ्ने, चित्रण गर्ने अभ्यासले भत्काउन प्रयास गर्ने छिमेकीको सरल गोटी बन्न सकिन्छ । भारत, अमेरिका जस्ता शक्तिशाली देशले चीनसँगको सम्बन्धलाई पुनरावलोकन गरिरहँदा नेपालमा चिनिया प्रभाव बढनु कतिको उपयुक्त होला भन्ने प्रश्नको जवाफ खोज्ने जिम्मेवारी नेपाली जनताको प्रिय राजनीतिक दलहरुको काँधमा छ ।

“नेभर बि लेट” भने जस्तै सामरिक महत्व बोकेको हाम्रो मुलुकले यहाँको यथार्थ मौलिकता बामोजीमको कूटनीति अंगालेर विश्वमा सार्वभौम मुलुकको पहिचानलाई थप मजबूत पार्दै संघीय लोकतन्त्र मार्फÞत शासन व्यवस्थालाई लोकतान्त्रिकिकरण गर्नु मूल ध्येयका साथ अगाडी बढे नेपाली जनताले असली लोकतन्त्रको महशुस गर्न पाउँछ, अनी मात्र समृद्धि र विकास हुन्छ ।

प्रकाशित : साउन २७, २०७७

प्रतिक्रिया दिनुहोस्