रोकिराखेको ट्रकलाई अर्को ट्रकले ठक्कर दिँदा एकको मृत्यु



तनहुँ : व्यास नगरपालिका–१२ घाँसीकुवामा शनिबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना८ख ३५२७ नम्बरको ट्रकले बिग्रिएर रोकिराखेको ना१ख ६१६२ नं को ट्रकलाई ठक्कर दिएको दिएको थियो। ठक्करपछि उक्त बिग्रेको ट्रकका चाल चितवन टाँडी बस्ने २५ बर्षीय सन्तोष राईको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। 

सोही ट्रकका सहचालक १७ बर्से किरण गम्भीर घाइते भएका छन्। राईको मेट्रोसिटी अस्पताल पोखरामा उपचारका भइरहेको प्रहरीले जनाएको छ। ट्रकले त्यस ट्रकसहित बा१८च ७७८७ नम्बरको हाइलक्स र ग१६प ११७५ नम्बरको स्कुटरलाई समेत ठक्कर दिएको थियो। ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्